नियम २३
मौज्दात कमीको मिन्हा
(१) मदिरा उत्पादन गर्ने इजाजतपत्रवालाले आफूसँग रहेको मदिराको मौज्दातमा वाष्पिकरण, दुर्वौधिकरण, चुहावट वा वोतलमा मदिरा भर्दाको कारणबाट एक प्रतिशतसम्म कमी हुन आएमा मासिक विवरणमा उल्लेख गरी मिन्हाको लागि अन्तशुल्क अधिकृत समक्ष पेश गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पेश भएको विवरण अन्तशुल्क अधिकृतले तीस दिनभित्र जाँच गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम जाँच गर्दा मौज्दात कमी भएको मनासिब माफिकको कारण भएमा आधार स्पष्ट खुलाइ अन्तशुल्क अधिकृतले एक प्रतिशतसम्म मौज्दात कमी मिन्हा दिन सक्नेछ ।
(४) …………
(४क) ………………….
(५) …………….